शाान्ति सुरक्षा प्रति सबै सबेदनशील र जिम्मेबार हुनुपर्छ ः प्रहरी राठौर

अनिल नेपाली

अर्घाखाँची २४ भाद्र । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतित सिह राठौरले जिल्लामा शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भई आउनुभएका राठौरले सञ्चारकर्मी सगको भेटघाट तथा परिचायात्मक कार्यक्रममा मन्तब्य राख्दै प्रहरी प्रमुख राठौरले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुने बताउदै शान्ति सुरक्षा अमयचयन जनताको सहकार्य विना एक्लै गर्न नसिकने बताउदै सुरक्षा संवेदनशीलताप्रति सबै नागरिक गम्भीर भएको खण्डमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई सहज हुने बताउदै जिल्लाको शान्ति सुरक्षा अमयचयन कायम गर्न सञ्चारकर्मी नागरिक समाज सबैको सहयोग अनिवार्य र आबश्यक रहेको बताए

उक्त कार्यक्रममा जिल्लाको समसामयिक शान्ती सुरक्षाको वस्तुस्थिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरुको बारेमा छलफल तथा अन्तरकृया गरिएको थियो कार्यक्रममा पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम प्रहरी निरिक्षक दिपेन्द्र रावलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा