सरस्वती आधारभूत विद्यालयमा अभिभावक गोष्ठी सम्पन्न

गुल्मी, २४ भदौ ।

गुल्मीको इस्मा गाउँपालिका–६ स्थित सरस्वती आधारभूत विद्यालयमा अभिभावक गोष्ठी सम्पन्न भएको छ । विद्यालयको आयोजना एवम् स्वयम्सेवी अभिभावक अभियानको सहजिकरणमा शनिबार गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा विद्यार्थी, शिक्षक एवम् अभिभावकहरुलाई शिक्षक सिकाई क्रियाकलाप प्रभावकारी बनाउनेसम्बन्धि प्रशिक्षण दिइएको थियो । गोष्ठिमा सकारात्मक सोच, यसका फाइदाहरु, बालबच्चालाई घरको वातावरणको महत्व, विद्यार्थीहरुलाई मोबाइलको लत छुटाउने तरिका, विद्यार्थीहरुलाई लागुऔषधबाट मुक्त राख्न परिवारको भूमिका लगायतका बिषयमा जानकारी गराइएको थियो ।

त्यसैगरी प्रविधिमैत्री विद्यालय, विद्यार्थीको मानसिकताअनुसार व्यवहार गर्ने, शिक्षण सिकाईलाई उपलब्धिमुलक बनाउन शिक्षक एवम् अभिभावकको भूमिका लगायतको बिषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा नरेश भण्डारी, इस्मा गाउँपालिका दोहोलीस्थित रामराज्य माविका शिक्षक लाल बहादुर महत र भरत भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा कार्यक्रममा इस्मा गाउँपालिका –६ का वडाध्यक्ष ढाल बहादुर कुँवर, धुर्कोट –६ का वडासदस्य शालिकराम अर्याल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण घिमिरे, रेडियो समृद्धिका स्टेशन म्यानेजर हुमाकान्त पोखरेल लगायत विद्यालयका शिक्षक, अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा