गुल्मी, २८ भदौ । नेपाल बाल संगठन जिल्ला कार्य समिति गुल्मीले बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । बाल दिवसको पूर्व सन्ध्यामा बिहीबार गुल्मी सदरमुकाम तम्घासको बालमन्दिरमा ५० जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो । गुल्मी अस्पताल, जनस्वास्थ्य कार्यालय, औषधी व्यवसायी संघ एवम् रेसुङ्गा नगरपालिका वडा नम्बर १ र ८ को सहयोगमा स्वास्थ्य परीक्षण गरिएको संगठनका जिल्ला अध्यक्ष केशर बहादुर थापाले जानकारी दिए ।
परीक्षण गरिएका बालबालिकामध्ये दुई जनामा ज्वरो आएकोले भोली अस्पतालमा उपचारको व्यवस्था गरिएको थापाले बताए । संगठनले आज बिहान बालमन्दिर परिसरमा सरसफाई पनि गरेको थियो । शुक्रबारको बाल दिवसको अवसरमा संगठनले रेसुङ्गा नगरपालिका आधारभूत विद्यालय स्तरीय तिज गीत प्रतियोगिताको पनि आयोजना गरेको छ ।