spot_imgspot_img

रेसुङ्गा बिमानस्थलमा नियमित उडान सुरु

गुल्मी, भदाै २९ । रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । माैसम खराबीले उडान भर्न नसकेको नेपाल एयरलाइन्सले आज शुक्रबार देखि उडान सुरु गरेको हो ।

माैसम सफा भएपछि कम यात्रु हुँदा पनि रेसुङ्गा विमानस्थल जहाज अवतरण गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन इञ्चार्ज सुमन सिंह थापाले जानकारी दिए । उनका अनुसार, काठमाडौंबाट रेसुङ्गाकाे लागि ११ जना यात्रु थिए । भने रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।

माैसम खराबीका कारण ६ असार २०८० मा आएको जहाज लगातार तीन महिना आउन सकेको थिए । अब नियमित उडान हुने नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेसन इञ्चार्ज थापाले बताए ।

काठमाडौं-रेसुङ्गा बिहान ६:३० बजे र रेसुङ्गा-काठमाडौं ७:४० बजे उडान हुने गरेकाे छ । हरेक शुक्रबार उडान हुने यश विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेकाे छ ।

साभार : लाइभ गुल्मी डट कम

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा