गुल्मीमा रोटरी क्लवको स्थापना, अध्यक्षमा श्रेष्ठ

हुमाकान्त पोखरेल

गुल्मी, ३० भदौ । गुल्मीमा रोटरी क्लवको स्थापना गरिएको छ । हरी कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्ययीय ‘रोटरी क्लव अफ रेसुङ्गा’को स्थापना गरिएको हो । क्लवको शुक्रबार सम्पन्न पदस्थापन तथा शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका क्लवका पूर्व राष्ट्रिय अध्यक्ष चिन्तामणी भट्टराईले ‘रोटरी क्लव अफ रेसुङ्गा’का अध्यक्ष हरी कुमार श्रेष्ठलाई चार्टर सर्टिफिकेट प्रदान गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसभन्दा पहिले रोटरी क्लव अफ रेसुङ्गाको तदर्थ समिति रहेको थियो । अबदेखि भने उक्त क्लवले आधिकारिक रुपमै मान्यता पाएको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले क्वलका कार्यसमिति पदाधिकारी एवम् सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

कार्यक्रममा क्लवका पूर्व केन्द्रीय अध्यक्ष राजिव पोखरेल, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, क्लवका उपाध्यक्ष एवम् गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालको सहभागिता रहेको थियो । त्यसैगरी रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवी कुँवर, मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल, गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, रोटरी क्लव सिद्धार्थनगरका जीएस्आर् भोज बहादुर खत्री, गुल्मी जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

१५ सदस्यीय कार्यसमितिमा प्रथम उपाध्यक्ष थापा, द्धितिय उपाध्यक्ष डोर विक्रम श्रीस, तृतिय उपाध्यक्ष गुणनिधी शर्मा, चतुर्थी उपाध्यक्ष हरी कार्की, सचिव भागिरथ भण्डारी, कोषाध्यक्ष राजु कुँवर लगायत अन्य सदस्यहरु रहेका छन् । संस्थाले विद्यालय निर्माण, आँखा अस्पताल निर्माण, स्वास्थ्य शिविरको आयोजना, विद्यालयमा कम्युटर वितरण लगायतका काम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा