गुल्मी, ३० भदौ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडानम्बर ३ मा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताउनुभयो । शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेको बिद्यार्थीहरुको भनाई रहेको थियो । कार्यक्रम संस्थाका बुटबल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षातामा सम्पन्न भएको हो ।