गुल्मी, ०१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा छात्रबृत्तिको स्थापना गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका जैसिथोकका दिनेश भण्डारी र शिव भण्डारीले स्वर्गिय बुवा जीवलाल भण्डारीको स्मृतिमा ५० हजार एक सय बराबरको छात्रबृत्ति स्थापना गरेका हुन् । उक्त रकमको व्याजबाट प्राप्त रकम विद्यालयमा अध्ययनरत अभिभावकबिहीन एवम् जेहेनदार विद्यार्थीहरुलाई छात्रबृत्तिस्वरुप प्रदान गरिनेछ । अक्षयकोष स्थापना गर्ने दिनेश र शिव सोही विद्यालयका पूर्व विद्यार्थी हुन् । हाल दिनेश नेपाल आर्मी र दिनेश शाइन रेसुङ्गा बैंकमा कार्यरत छन् ।
त्यस्तै आज परेको जन्मदिनको अवसरमा सोही विद्यालयका पूर्व विद्यार्थी हुमाकान्त पोखरेलले पनि विद्यार्थीलाई पोशाख प्रदान गर्ने घोषणा गरेका छन् । उनले पाँच हजार बराबरको पोशाख वा स्टेशनरी सामग्री विद्यालयले छनोट गरेको विद्यार्थीलाई प्रदान गर्ने विद्यालयले जनाएको छ । हाल रेडियो समृद्धिका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ गुल्मीका कार्यसति सदस्य रहेका पोखरेल हाल पत्रकारितामा क्रियाशिल छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी पोखरेलले २०७२ सालमा सोही विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरेका थिए ।