spot_imgspot_img

सरसफाइ गरेर मनाइयाे संविधान दिवस

गुल्मी, ०३ असाैज।
गुल्मीमा सरसफाइ गरेर संविधान दिवस मनाइएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका -९ चारिखाेलामा रहेकाे खानेपानीको मुहान सरसफाइ गरेर दिवस मनाइएको हाे । पदेश सासंद डिल्लीराज भुसाल, दिनेश पन्थी, जिल्ला समन्वय समिति प्रमुख दाेर्ण खत्री, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसि लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय लगायतले सरसफाइ गरेका हुन् । साेही अवसरमा तम्घास बजार परिक्रमा गरी नगर साैन्दर्यिकरणकाे लागि प्रत्येक घरका ढाेकामा फुलका गमला राख्न अनुराेध गरिएको छ । बजार परिक्रमापछि लाकुरीमञ्चमा काेण सभा भएको थियाे ।

कार्यक्रममा बाेल्दै संविधान दिवस मुल समाराेह समितिका अध्यक्ष दाेर्ण खत्रीले लाेकतन्त्रकाे माध्यमबाट मात्रै सुन्दर भविष्यकाे कल्पना गर्न सकिने बताए । उनले लाेकतन्त्रकाे विकल्प नभएको भन्दै सबै मिलेर संविधानकाे पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । नगर प्रमुख खिलध्वज पन्थीले बजार साैन्दर्यिकरणकाे लागि सबैले आफ्नो घरकाे गेटमा फुलका गमला राखेर पर्यटन प्रवद्वनमा सहयाेग गर्न आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा