विभिन्न पार्टी परित्याग गरी एक हजार बढी माओवादीमा प्रवेश

असोज ७, गुल्मी : नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले पार्टीले संचालन गरेको रुपान्तरण अभियानमा विभिन्न पार्टी परित्याग गरी एक हजार जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरालले लुम्विनी प्रद्रेशभित्र अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । अभियानकै क्रममा पार्टी प्रवेश र पार्टी पुनःनिर्माण अभियान संगै चलेको बताएका छन् ।

पछिल्लो समयमा सरकारले गरेका राम्रा कामको प्रशंसा भएको भन्दै जनताले सरकार छाड्न परेपनि राम्रा कामको अभियान नरोक्न सुझाब दिएको बताए । अध्यक्ष बरालले जनताको काम गर्दा सरकार छाड्न परेपनि अभियान नरोकिने र अझ सशक्त रुपमा अगाडि बढ्ने दाबी गरे । माओवादी केन्द्रका जिल्ला संयोजक युवराज केशीले अभियान सगै पार्टी विस्तारको कार्य पनि अगाडि बढ्ने बताएका छन् । कार्यक्रम प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षतामा कार्यक्रमको संचालन सह सचिव महेश बोहराले गरेका थिए

यो समाचार खबरमार्केट डट कममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा