पहिरोले पुरिएर कामदारको मृत्यु

गुल्मी, ०८ असौज । गुल्मीमा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा निर्माणाधिन घर माथिबाट पहिरो खस्दा प्युठान जिल्ला गौमुखी गाउँपालिका –३ का १७ बर्षिय डोरबहादुर घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले बताए ।

पहिरोमै परि घरधनी ७९ बर्षिय शेरबहादुर बेल्वासे र प्युठानको गौमुखी गाउँपालिका–३ का २४ बर्षिय टेकबहादुर घर्ती घाइते भएका छन् । शवलाई पोष्ट मार्टमका लागि र घाइतेलाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । घटना सोमबार दिउँसो करिब २ः३० को समयमा घटेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा