गुल्मीका दुई महिला सम्पर्क बिहिन

अनिष् पन्थी
गुल्मी, १५ असोज । गुल्मीका दुई महिला केहि दिनदेखी सम्पर्क बिहिन् भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १० बस्ने शिव कुवंरको श्रीमती बर्ष २० कि रिया मुखिया गत ६ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

रियाका श्रीमानले आफ्नी श्रीमती हराएको भन्दै फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले खोजी कार्य तिव्र पारेको छ । कहि कतै कसैले फेला पारेमा निजको श्रीमानको सर्म्पक नं. ९८४९८९५०९१ र नजिकको प्रहरी कार्यालयमा जानकारी दिनहुन अनुरोध गरिएको छ ।

यता जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बाहादुर विकको श्रीमती बर्ष २९ कि पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । आफ्नी श्रीमती हराएको भन्दै श्रीमानले फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले खोजी कार्य तिव्र पारेको छ ।

कहीँ कतै कसैले फेला पारेमा निजको श्रीमानको सम्पर्क नम्बर ९७६६३१६०५१ र नजिकको प्रहरी कार्यालय जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा