सरकारले तोकेभन्दा बढि भाडा यात्रुसँग लिए कार्वाही गछौ:अध्यक्ष बन्जाडे

अनिल नेपाली
अर्घाखाँची, २६ असोज । देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेले चाडपर्वको समयमा यात्रुबाट आफ्ना व्यबसायीले बैज्ञानिक र सरकारले तोकेको भाडा लिने बताउनुभएको छ । संस्थाद्वारा बिजयादशमी शुभदिपावलीको पावन अबसरमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बन्जाडेले यस्तो बताउनुभएको हो ।

अध्यक्ष बन्जाडे देउराली यातायातले चाडपर्बलाई मध्यनजर गरी प्रा.लिमा आबद्ध सबै यातायात धनिहरुलाई साढे ५२ हजार र कर्मचारीहरुलाई देउराली बहुउद्देश्यीय सहकारी संस्थामा शेयर सदस्य आबद्धता बापत रु १० हजारका दरले बोनस बाड्ने समेत बताउनुभएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बन्जाडेको अध्यक्षता महासचिव प्रेम प्रकाश पाण्डेको सञ्चालन मा सम्पन्न कार्यत्रममा पुर्व अध्यक्ष योगेन्द्र बहादुर खड्का उपाध्यक्ष भेष बहादुर बिसि लगायतको उपस्थिति रहेको कार्यक्रममा जिल्लामा क्रीयाशिल पत्रकारको उल्लेखनीय सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा