spot_imgspot_img

धुर्कोट रजस्थलमा २० हजार राशिको भलिबल प्रतियोगिता हुँदै

गुल्मी, २६ असौज ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा २० हजार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ धुर्कोट युवा क्लवको आयोजनामा आगामी कात्तिक १ र २ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा द्धितिय हुनेलाई १५ र तृतिय हुनेलाई १० हजार प्रदान गरिने क्लवका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।  कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाण–पत्र पनि प्रदान गरिने अध्यक्ष पाण्डेले जानकारी दिए । धुर माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रममा घैटोफोर प्रतियोगिता, महिला कुर्सी दौड तथा विविध साँस्कृतिक कार्यक्रम पनि सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा