टोपलाल अर्याल
गुल्मी, ३० असोज । जिल्ला प्रहरी कार्यालय गुल्मीले सप्ताहव्यापी कार्यक्रम गरेर ६८ औ प्रहरी दिवस मनाएको छ । प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवार, पुर्व प्रहरी जेष्ठ सदस्य र जग्गादातालाई सम्मान गरेका थिए । त्यस्तै साप्ताहिक रुपमा संचालन भएका विभिन्न प्रतिस्प्रर्धा र शिविरहरुमा सहयोग गर्ने संस्थाका प्रमुख तथा प्रतिनिधीहरुलाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।
सोहि अवसरमा उत्कृष्ट र उदाहरणीय कार्यसम्पादन गर्ने प्रहरी निरिक्षक किरण सापकोटा, प्रहरी सहायक निरिक्षक नवराज भट्राई, भविश्वर विक, कृष्ण बहादुर थापा, रामविलास यादव र खुमा थापा पुरस्कृत भएका छन् । त्यस्तै प्रहरी बरिष्ठ हवल्दार यम बहादुर थापा, प्रहरी हवल्दार केशव दमाई, सुभाष कुमार नेपाली, हिम बहादुर सुनार, प्रहरी सहायक हवल्दार बासुदेव मरासिनी, जै प्रकाश थारु, देव बहादुर पुन, भेग बहादुर जिएम, प्रहरी जवान मिन बहादुर रास्कोटी र हेमराज बिष्ट पुरस्कृत भएका थिए ।
सोहि अवसरमा पुरुष व्याटमिण्टनमा प्रथम हुने प्रहरी सहायक निरिक्षक हुम बहादुर भलामी र प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । द्धतिय हुने प्रहरी सहायक हवल्दार यम बहादुर महत र सान्तोष राना तथा तृतिय स्थान प्राप्त गर्ने प्रहरी जवान शुभम घर्तिमगर, काशिराम घर्तिमगर, ललित चौधरी र सन्दिप खनाल पुरस्कृत भएको छन् ।
टेवलटेनिस तर्फ प्रथम प्रहरी जवान कृष्ण बहादुर सिंजाली, द्धतिय प्रहरी हवलदार यम बहादुर खत्री र तृतिय स्थान प्राप्त गर्ने प्रहरी जवान कर्ण बहादुर खत्री क्षेत्रीलाई निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले पुरस्कृत गरेका थिए । त्यस्तै निबन्ध प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने ब्रिलेण्ट युनाइटेड एकेडेमीकी प्रियंका पन्थी, द्धतिय हुने महेन्द्र माविकी अनिशा खनाल र तृतिय हुने रेसुंगा माविका संयोग पन्थीलाई पनि पुरस्कृत गरिएको छ । दिवसको अवसरमा बृक्षारोपण, रक्तदाता, स्वास्थ्य पक्षिण र आँखा परिक्षण लगायतका कार्यक्रम भएका छन् ।
कार्यक्रममा पुर्व प्रहरी कर्मचारी संगठन गुल्मीका अध्यक्ष शिव बहादुर कुवंर क्षेत्री र नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जनताका दुखमा सरकारको तर्फबाट सवैभन्दा पहिला उपस्थित हुने प्रहरी भएकाले दशैमा बिशेष किसिमले सेवामा खटिन आग्रह गरे । उनले अमर प्रहरीका परिवारलाई सान्त्वना प्रदान गर्दै मृत्यु सवैको हुने भएपनि दिवंगत प्रहरीहरुको भूमिका र सम्मान गहिरो रहेको बताए ।
निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले दिवसमा उपस्थित सवैलाई धन्यवाद ज्ञपान गरे । कार्यक्रम प्रहरी निरिक्षक अनिल थापाको स्वागत तथा किरण सापकोटाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीसहितका व्यक्तिहरुले अमर प्रहरीको स्मारकमा पुष्पहार चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।