सबै प्रदेश र केन्द्रको सरकार परिवर्तन हुन्छ ः थापा

हुमाकान्त पोखरेल
गुल्मी, ०१ कात्तिक । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं सासंद सूर्य थापाले कोशिमा गठबन्धनको पाङ्ग्राले काम नगरी भ्वाङ्ग परेको बताएका छन् । बुधबार गुल्मीमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले गठबन्धनले एमालेको सहभागिताबिना सरकार बनाउन नसकेको भन्दै उनले गठबन्धनको उक्त भ्वाङ्ग अब सबै प्रदेश र केन्द्रमा पर्ने बताए । ‘केही समयमै अन्य प्रदेश र केन्द्रको सरकार परिवर्तन हुन्छ ।’ उनले भने, ‘जनताको पक्षमा काम गर्न नसक्नु नै सरकार ढल्नुको मुख्य कारण हो ।’

कतिपय मानिसहरुले ‘राजा आउ, देश बचाउ’ भनेकोमा त्यसप्रति आपत्ति जनाउदैँ नेता थापाले कतिपय मानिसहरुले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए । फरक प्रसङ्गमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कोहि झिल्केमिल्ने आउँदैमा नयाँ नहुने बताए । रास्वपाको नाम नलिइकन उनले देशका अधिकाशं भाग र गुल्मीमा समेत रास्वपाको संगठन नभएको बताए । ‘उहाँहरु अहिले परीक्षणमै हुनुहुन्छ, संसदमा पनि सिक्दै हुनुहुन्छ ।’ उनले भने, ‘पुराना भन्नेबित्तिकै सबै खराब र नयाँ भन्नेबित्तिकै सबै राम्रो भन्ने भाष्य हटाउनुपर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा