गुल्मीका १६ मासु र दुई माछा पसलमा अनुगमन

हुमाकान्त पोखरेल
गुल्मी, ०१ कात्तिक । गुल्मीका १६ मासु पसल र दुई माछा पसलमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुगमन गरेको छ । केन्द्रले बुधबार जिल्ला सदरमुकाम तम्घासका पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकाशं पसलहरु मापदण्ड विपरित संचालन भएको पाइएको छ । अधिकाशं पसलहरुमा पानीको निकास नभएको, दुईवटा पसलको दर्ता प्रक्रिया नै नमिलेको, केही पसलमा सरसफाई नभएको, कुखुरा र खसि÷बोकाको मासु एउटै फ्रिजमा राखेर बिक्रि गरेको जस्ता कमजोरी भेटिएका छन् ।

न्यूनतम मापदण्ड पनि पुरा नगरेका तीन मासु पसललाई एक महिनाभित्र बन्द गर्न वा सुधारिएर संचालन गर्न सुझाव दिइएको कार्यालयका प्रमुख हुमाकान्त पाण्डेले जानकारी दिए । त्यस्तै कार्यालयले तीनओटा दुध पसल र एउटा दुध उद्योगमा पनि अनुगमन गरेको छ । दसैँमा मासु तथा दुग्धजन्य पदार्थको सेवन बढी हुने हुनाले उपभोक्ताको स्वच्छ खानेकुरा उपभोगको अधिकार सुनिश्चित गर्न अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले जानकारी दिए ।

अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय, गुल्मी उद्योग बाणिज्य संघ, पत्रकार महासंघका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दशैँ जस्तो पर्वको समयमा मासु तथा दुग्धजन्य पदार्थको सेवन बढी हुने हुनाले उपभोक्ताको स्वच्छ खानेकुराको उपभोगको अधिकार सुनिश्चित गर्न अनुगमन गरिएको सहायक प्रमुख जिल्ला प्रमुख हरिप्रसाद गैरेले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा