गजल : साँच्चै गाह्रो छ जीवन जीउन

सम्झना गिरी

साँच्चै गाह्वाे छ जीवन जिउन पनि ।
आखिर मुटु चुडेर लान्छ पिरती पनि।।

दुख पर्दा यसरी छाेड्छन आफन्तहरू।
जस्तो छाेड्छ ओैंशी चाँदनी पनि ।।

रङ्गिन अनि बिरङ्गीन शहर कति अनाैठाे ।
सक्कलि झै देखिदाेरैछन नक्कली पनि।।

एकपछि अर्को कुकर्म र पाप गरेर यहाँ।
हिड्छन धर्मी जस्तै बनेर अधर्मी पनि ।।

दाेष ब्यर्थै अरूलाई के दिउँ चलन छ यस्तै ।
सबैले आफ्नो दुनाे साेझ्याउँछन जसरी पनि।।

(लेखक गिरी रेसुङ्गा बहुमुखी क्याम्पसकि स्ववियु सदस्य हुन् ।)

प्रतिक्रिया

  1. मतला मै काफिया मिलेन, एक अक्षरिय काफियामा लेखेकाे राम्रो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा