धुर्कोटमा ३० हजार राशिको क्रिकेट प्रतियोगिता हुँदै

गुल्मी, १७ कात्तिक ।
गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकमा ३० हजार राशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । जैसिथोक क्रिकेट क्लवको आयोजनामा यही कात्तिक २१ गतेदेखि २४ गतेसम्म कालापाेखरा खेल मैदानमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमश ३० हजार र १५ हजारका साथै कप, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका अध्यक्ष सागर पोखरेलले जानकारी दिए । खेलमा म्यान अफ द टुर्नामेन्ट हुनेलाई दुई हजार, मेडल र प्रमाणपत्र पनि दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा