पालिकास्तरीय भलिबल प्रतियोगिता : महिलातर्फ सत्यवती प्रथम

गुल्मी, १८ कात्तिक ।
गुल्मीमा कात्तिक १५ गतेदेखि संचालन भइरहेकाे प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताकाे महिलातर्फकाे उपाधी सत्यवती गाउँपालिकाले जितेकाे छ । शनिबार गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न फाइनल प्रतियोगितामा सत्यवतीले कालिगण्डकी गाउँपालिकालाई पराजित गर्दै प्रतियोगिताकाे उपाधी हात परेकाे हाे । यससँगै महिला भलिबफतर्फ सत्यवतीले ३५ हजार प्राप्त गरेको छ भने द्वितीय भएको कालिगण्डकी गाउँपालिकाले २५ हजार प्राप्त गर्ने आयाेजकले जनाएकाे छ । तृतिय स्थानका लागि शनिबार नै सम्पन्न भएको खेलमा गुल्मीदरबारले रूरूक्षेत्र गाउँपालिकालाई पराजित गरेको छ । यसरी गुल्मीदरबार तृतिय एवं रूरूक्षेत्र गाउँपालिका सान्त्वना भएका छन् । तृतीय भएको गुल्मीदरबारले १५ हजार र सान्त्वना भएको रूरूक्षेत्रले १० हजार रूपैँया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा