spot_imgspot_img

भलिबल प्रतियोगितापछि सरसफाई

अनिश पन्थी, गुल्मी
गुल्मीमा कार्तिक १५ गतेदेखि १८ गतेसम्म भएको प्रथम पालिकास्तरिय भलिबल प्रतियोगिता सकिएसङ्गै आइतबार बिहान खेल सन्चालन भएको स्थान चिदिचौरमा सरसफाइ गरि चार डस्बिन राखिने भएको छ । खेल सकिएपछि खेलमैदानलाइ सफा बनाउन् र अन्य समयमा पनि फोहोर नहोस् भन्नको लागी डस्बिन राख्न लागिएको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए ।

चार दिनसम्म संचालन भएको खेलको आय–व्ययको सार्वजनिक एक हप्तापछि गरिने समेत आचार्यले जानकारी दिए । जिल्ला भलिबल संघ, गुल्मीले आयोजना गरेको ‘पालिकास्तरीय भलिबल प्रतियोगिता’को उपाधि सत्यवती गाउँपालिकाले जितेको थियो । शनिबार कालिगण्डकी गाउँपालिकालाई पराजित गर्दै सत्यवतीले पुरुषतर्फ ७७ हजार ७७७ र महिलातर्फ ३५ हजार राशिको उपाधी जितेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा