कमल पौडेल, गुल्मी । मुसिकोट गुल्मीको मुसिकोट नगरपालिकामा भोलिदेखि सञ्चालन हुने प्रथम मेयरकप अन्तरपालिका भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ। ग्वादीकाचौर खेलमैदानमा सञ्चालन हुने मेयरकप रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो।
सो प्रतियोगितामा गुल्मी तथा बागलुङ जिल्लाका १० टिमको सहभागिता हुने नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्रिले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गर्ने सो मेयर कप प्रतियोगिताको औपचारीक कार्यक्रम ११ बजे देखि र खेल दिउसो २ बजे देखि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
दिउसो २ बजे हुने पहिलो खेल रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिका विच हुनेछ। २२ गते देखि २४ गते सम्म हुने कार्यक्रम सञ्चालनको लागि मुसिकोट नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ। प्रतियोगितामा प्रथम हुने समुहले १ लाख ५० हजार पुरस्कार जित्ने छ भने द्धितिय पुरस्कार १ लाख रहेको छ।
खेलको माध्यमबाट अन्तरपालिका सम्बन्ध स्थापित गर्ने तथा आन्तरिक पर्यटनमा वृद्धिहुने विश्वास नगरपालिकाको छ।