रेसुंगामा एकदशी मेला भव्य हुँदै, दुई स्थानीय तहद्धारा सार्वजनिक बिदा

टोपलाल अर्याल, गुल्मी

ठुला एकादशीको अवसरमा जिल्लाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका रेसुगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकाले ७ मंसिर गते हरिबोधनी एकादशीको अवसरमा धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगामा लाग्ने मेलालाई मध्येनजर गरेर सार्वजनिक विदा दिएका हुन् ।

हरिबोधनी एकादशीको अवसरमा रेसुमंगामा बिशेष मेला लाग्ने गर्दछ । हरिबोधनी एकादशीको दिन महापोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन तथा मैरीमा पुजा गर्नेहरुको बिहानैबाट भिड लाग्ने गर्दछ । मेला व्यावस्थापनको लागि विभिन्न उपसमिति गठन गरेर काम अगाडी बढाइएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

महापोखरी चारधामको पानी मिसाइएकाले पोखरीमा नुहाउँदा अन्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक मान्यता रहेको संरक्षण समितिका अध्यक्ष भुसालले बताए । हरिबोधनी एकादशीको अवसरमा रेसुगा समितिले भैलो र भजनकृतनको आयोजना गर्ने गरेको छ । अहिले रेसुंगा क्षेत्रमा पुग्ने सडक कालोपत्रे गरिएको छ । भने पछिल्लो समय थुप्रै महत्वपूर्ण धार्मिक संरचना निर्माण गरिएकोले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको रेसुंगा संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा