सामुदायिक रेडियो धुर्कोट आज बाट पाचौं वर्षमा प्रवेश

गुल्मी : गुल्मीको धुर्कोट गाउँपालीका वडा नम्बर ४ बर्बोट रहेको सामुदायिक रेडियो धुर्कोट आज बाट चौथो वर्षमा प्रवेश गरेको हो समुदायकै लागी समर्पित समुदायको आबज सामुदायिक रेडियो धुर्कोट १०२.२ मेगाहर्ज भन्ने मुल मन्त्र का साथ २०७६/असोज १३ गते वाट परिक्षण प्रसारण गरेको रेडियो २०७६मंसिर ७ गते बाट निमित्त प्रसारण गरेको थियो। धुर्कोट बहुउदेयश्यीय सहकारी संस्थाद्धारा संचालित सामुदायिक सामुदायिक रेडियो धुर्कोट अहिले दैनिक १७ घन्टा प्ररसाण रहेको छ ।
स्थानीय तहको गठनपश्चात गुल्मीमै पहिलो पटक धुर्कोट गाउँपालिकाले रेडियो संचालन गर्न अग्रसरता देखाएसँगै रेडियो धुर्कोटको स्थापना भएको थियो । रेडियो संचालन गर्नको लागि सहकारी गठन गरिएको थियो ।यो रेडियो गुल्मी, अर्घाखाँची ,प्युठान ,बाग्लुङ, पाल्पा लगायतका ठाँउहरुमा सुन्न सकिन्छ ।

ग्रामीण स्तरमा जिल्लामै पहिलि स्थानीय सरकार द्वारा संचालित रेडियो ले ग्रामीण परिबेश सङग जोडिएर कार्यक्रम सन्चालन गर्दै आएको छ।स्थानीय स्तर बाट नै स्रोत र कर्मचारी ब्यबस्थापन गरि रेडियो संचालन गर्नु सुरुमा चुनौतीपूर्ण भएता पनि हाल सहज बन्दै गैरहेको र आगामी दिनमा थप परिस्कृत रुपमा कार्यक्रम सन्चालन गर्दै जाने अध्यक्ष केशव राज खनालले बताउनु भयो।
साथै रेडियोका व्यवस्थापक बासुदेव पोखरेलले रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सन्चालक समिती ,सेयर सदस्य,सम्पुर्ण सरोकारवाला निकाय कार्यालय सञ्चारकर्मी सघ सस्था,बिज्ञापनदाता ,रेडियोका सम्पुर्ण कर्मचारी स्रोता तथा शुभचिन्तक हरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
रेडियोले हाल सुचना ,समाचार र मनोरञ्जनको प्रदान गर्नु को साथै आवाज बिहिनहरुको आवाज बन्ने प्रयास गरीरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा