spot_imgspot_img

व्यवस्था उल्टाउने बिषय सम्भव छैन : प्रदेश प्रमुख शेरचन

गुल्मी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अहिलेकाे व्यवस्था उल्टाउने बिषय सम्भव नभएको बताएका छन् । बिहीबार गुल्मीकाे धुर्काेट गाउँपालिकामा भएको एक कार्यक्रममा बाेल्दै प्रदेश प्रमुख शेरचनले अहिले केही तत्वहरू संघीय गणतन्त्रात्मक लाेकतन्त्र उल्टाउन लागेको भन्दै त्याे कार्य सफल नहुने बताए ।

अहिलेकाे जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था भएको भन्दै प्रमुख शेरचनले केही शक्तिहरूले राजा ल्याउने दिवा सपना देखेको बताए । फरक प्रसङ्गमा उनले धुर्काेट गाउँपालिकाकाे विकासकाे चर्चा गरे ।

धुर्काेट पार्ककाे अवलोकनपछि पालिकामा अन्तरक्रिया गर्दै प्रमुख शेरचनले धुर्काेटले गरेको विकास अन्य पालिकाहरूकाे लागि पनि अनुशरणयाेग्य भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा