सबिन बस्नेत
जहाँ होचो, त्यही घोचो भने जस्तै दुख बढी दुखीलाई नै पर्दोरैछ । देशमा चलेको दस बर्षे द्दन्दमा सबैभन्दा बढी मारमा परेको र भौगोलिक रुपले अलि कठिन मानिने जिल्ला पश्चिम रुकुम र जाजकोटका मानिसहरु हालै गएको भुकम्पले गर्दा फेरि आफ्न्त र घरवास गुमाएर खुल्ला आकाश मुनि चिसो रात काट्नु परेको छ । चिसोले मान्छे मरेको समाचार आउन थालेपछी नेकपा एमाले पार्टीले स्वयंसेवक पठाउने निर्णय गरे अनुसार गुल्मीबाट पनि भुकम्प प्रभावित क्षेत्रमा १५ जनाको टोलि परिचालित भएको छ ।
कार्तिक १७ गते राती ११.४८ मा गएको भुकम्पबाट प्रभावितहरुलाई बढ्दै गएको चिसोबाट जोगाउन जाजरकोट र पश्चिम रुकुममा तीन वटा प्रदेशहरु कर्णाली, गण्डकी र लुम्बिनीबाट १ हजार भन्दा बढी र लुम्बिनी प्रदेशबाट मात्रै २०५ भन्दा बढी स्वयंसेवक कामरेडहरु परिचालित भएका छन । मंसिर ५ गते गुल्मीबाट जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा हिडेको टोलिको परिचालन फिल्डमा रहेर यतिखेर मनोज काउछा, सबिन बस्नेत र शोभाखर गिरिले गरिरहेका छन ।
मंसिर ६ गते दिउँसो पश्चिम रुकुमको सानिभेरी गाउँपालिकाको चाइना बगरमा आइपुगेर टोलिले आफ्नो क्याम्प बनाइ पिडित परिवारको घरको भग्नाबेश हटाउने तथा पालमुनी कठ्याङ्रीने जाडोमा बसेकालाई टहरा मुनि ल्याउने काम धमाधम अघि बढाएको छ । ८ मंसिरसम्म आइपुग्दा चार वटा टहरा र एउटा शौचालय निर्माण गरेर हस्तान्तरण समेत गरेको छ ।
भुकम्पबाट बढी प्रभाबित रहेको यश क्षेत्रमा भग्नाबेश हटाउन तथा निर्माण सामग्रीको ब्यवस्थापन गर्न कठिन भएतापनी तिब्र रुपमा टहरा निर्माण कार्य अघि बढेको जानकारी संयोजक मनोज काउछाले दिएका छन । भुकम्पबाट चार जनाको ज्यान गुमाउन पुगेका प्रेम पुनको टहरा निर्माण गरेर कामको शुरूवात गरेको गुल्मेली टिमले भेरी दोभान माध्यामिक बिधालयको पठनपाठनलाइ शुरु गराउने गरि तीनवटा टहराहरु र दुई कोठे शौचालय बनाएर हस्तान्तरण गर्ने क्रममा रहेको अर्का संयोजक अनेरास्ववियुका जिल्ला कमिटी अध्यक्ष शोभाखर गिरिले दिएका छन ।
यो कामबाट बिधालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रअले प्रशंसा ब्यक्त गर्दै टोलिलाई धन्यवाद समेत दिएका छन । टोलिका अर्का संयोजक सदस्य सबिन बस्नेतले स्थानियबासीलाई टहरा निर्माण गरिदिएर त्रीपाल मुनिबाट सार्दा उनिहरुले ब्यक्त्त गरेको खुशी यसरी सुनाए – यो अफ्ठ्यारो स्थितिमा मालेको साथले ठूलो हिम्मत आयो बाबू । नभए त भुकम्पबाट बल्ल बल्ल बाचेपनी ,जाडो र शितले मार्ने पो होकि भनेर डराइरहेका थियौ । भएको घर पनि गुमायौ । जिवनको सहारा बुढा छोराछोरी पनि गुमायौ । अर्को घर हाल्ने कहाँ पो सोच्नु ?
यतिको टहरो पाएपछी के चाहियो र बाबू । स्थानीयले देखाएको भरोसाले आफुलाइ स्वयंसेवक को रुपमा भुकम्प पिडितको उद्दारमा आउन पाउदा आफू खुशी र भावुक भएको समेत बताए । एक असी बर्षे आमाको कुरा यसरी राखे – जिवनको उतार्धमा घरविहीन भएर मरिने भयौ भनेर डर लागेको थियो । तर टहरा बनाइ दिएर खाना मात्रै होइन छाना पनि पायौ । अब ढुक्कले मर्ने बेलामा सास जान्छ होला बाबू । हामी कोहि नभएकाहरुको सहारा बनिदिनु भयो बाबुहरु । तिमिहरुलाइ धन्यवाद ।