चुनावी गठबन्धन राजनीतिक भ्रष्टाचार हो : महामन्त्री थापा

टोपलाल अर्याल
गुल्मी, ९ मंसिर, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले हार्ने डरले चुनाव अघि गरिने गठबन्धन राजनीतिक भ्रष्टाचार भएको बताएका छन । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै अब हारेर चकटीमा बस्न तयार भएकाले कुनै हालतमा कांग्रेसले चुनावी गठबन्धन गर्न नहुनेमा जोड दिए ।

राजनीतिक, आर्थिक र नैतिक गरेर मुख्य तीन संकल्पका साथ कांग्रेस अगाडी बढाउनुपर्ने उल्लेख गर्दै थापाले आर्थिक अपचलन र नैतिक पतन भएकाहरु पार्टीमा नसुहाउने बताए । उनले कार्यकर्तामा छटपटी र अलमलता रहेकाले ढुक्कका साथ गठतन्त्र र संविधानको पक्षमा प्रतिवाद गर्नुपर्ने बताए । साथै राजालाई पार्टी खोलेर चुनाव लड्न आग्रह गरे । ‘महाराज जुवामा च्याँखे नथाप्नुस । हिम्मत भए पार्टी खोलेर कांग्रेससंग भिड्न आउनुस,उनले भने, कांग्रेसलाई राजा र धर्मको ठेकेदार चाहिदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा