सहकारीको ऋण मिनाहाको लोभ देखाइएको छ : नेता थापा

हुमाकान्त पोखरेल

गुल्मी, ९ मंसिर, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नागरिकले व्यवस्था नभई अवस्था बदल्न चाहेको बताएका छन् । शनिबार गुल्मी काँग्रेसका दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले केही पात्र खराब हुँदैमा सिङ्गो व्यवस्थालाई दोष दिन नहुने उल्लेख गरे ।

दुर्गा प्रसाइप्रति लक्षित गर्दै उनले भने, ‘सहकारीको २० लाखमुनिको ऋण मिनाहाको लोभ देखाएर व्यवस्थाबिरुद्ध बोलिएको छ ।’ उनले अहिले केही तत्वहरुले उत्तेजनाको राजनीति गरिरहेको भन्दै त्यसबाट प्रभावित नहुन आग्रह गरे । अधिकाशं व्यक्तिहरु सहकारीबाटै पीडित भएकोले त्यसलाई राज्यले ढाडस दिनुपर्ने महामन्त्री थापाको तर्क छ ।

फरक प्रसङ्गमा नेता थापाले अब काँग्रेसले चुनावभन्दा अगाडी गठबन्धन नगर्ने बताए । ‘गठबन्धन राजनीतिक भ्रष्टाचार हो र त्यो काँग्रेसले गर्दैन ।’ उनले भने, ‘०८२ सालमा अधिवेशन गरेर पार्टीका केही विधि बदल्छौ ।’ उनले निर्वाचनको उम्मेदवार पार्टीका सदस्यहरुले छान्ने व्यवस्था ल्याएमा नेताले जनतामुखी काम गर्ने धारणा राखे । कार्यक्रममा बोल्दै काँग्रेस नेता एवं गुल्मी १ का सासंद चन्द्र भण्डारीले नेपालका प्रमुख समस्या भ्रष्टाचार भएकोले त्यसलाई रोक्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा