गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

गुल्मी ,

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकलले ठक्कर खाएका थिए ।

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

मृतक झाँक्री गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने विद्यार्थी हुनुहुन्छ । उहाँ बिहानी संकायको अध्ययन सकिएपछि घर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते झाँक्रीको उपचारको क्रममा ११ बजे मृत्यु भएको गुल्मी अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रधानले जानकारी दिनुभएको छ ।

मृतक झाँक्री मगरको शवलाई पोष्टमार्टम गरिँदैछ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

साभार : लाइभ गुल्मी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा