फोर्टिन स्टार युवा क्लवले राख्यो जनचेतनामुलक होर्डिङ्ग बोर्ड

गुल्मी । 
फोर्टिन स्टार युवा क्लव रेसुङ्गा नगरपालिका वडा नम्बर १ र २ गुल्मीले ट्राफिक जनचेतनासम्बन्धि होर्डिङ्ग बोर्ड राखेको छ । मंगलबार गुल्मी सदरमुकाम तम्घासको मुख्य दुई प्रवेशद्धार बाघमारे र माइकाथानमा एक÷एक वटा होर्डिङ्ग बोर्ड राखेको हो । सिट र हेल्मेटको अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने लगायतका संदेशमुलक सामग्री होर्डिङ्ग बोर्डमा राखिएको छ । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले मुख्य दुई प्रवेशद्धारमा बोर्ड राखिएको क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए । दुवै बोर्डको लागत १५ हजार रहेको छ ।

बोर्ड रख्ने कार्यक्रममा उपस्थित भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद आचार्यले जनचेतनामुलक होर्डिङ्ग बोर्ड राख्ने क्लवलाई धन्यवाद् दिए । क्लव केही बर्षदेखि सामाजिक काममा क्रियाशिल छ । केही बर्ष अगाडी उसले रेसुङ्गा नगरपालिका वडा नम्बर २ र ८ का बालबालिकाहरुलाई न्यानो टोपि वितरण गरेको थियो । क्लवले बर्षेनी तम्घास बाख्रेछेडाको चौपारी रङ्गरोगन गर्दै आएको छ ।

विद्यार्थीहरुको खेल क्षमतालाई उजागर गर्नको लागि क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा आगामी पौष ७ देखि १० गतेसम्म जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिताको समेत आयोजना गरेको छ । तम्घासको चिदिचौरमा हुने खेलमा सबै विद्यालयका १० सम्मका छात्रहरुले सहभागिता जनाउन सक्ने क्लवका अध्यक्ष विक्रम बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा