spot_imgspot_img

फलाटे पुल : दुई पटकको थप म्याद सकियो, तर काम सकिएन

हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीमा पालिका पहुँच मार्ग अन्तरगत दुइवटा वडा जोड्ने पुल निर्माणमा ढिलाई भएको छ । मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी र वडा नम्बर ६ पुर्कोट दहलाई जोड्ने पनाहा खोलामा बन्दै गरेको फलाटे पुल निर्माण सम्पन्न हुने मिति सकिदापनि बन्न सकेको छैन । समयमै पुल निर्माण नहुँदा नागरिकले जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् ।

‘पुल बन्छ बन्छ भनेको धेरै भयो, तर अहिलेसम्म बनेको छैन ।’ स्थानीय सागर भट्राईले भने, ‘समयमै बनेको भए हामीलाई धेरै सहज हुनेथियो ।’ निर्माण सुरु भएको चार बर्षसम्म पनि पुल निर्माण सम्पन्न नहुनु दुःखद् बिषय भएको भट्राईले बताए । बर्षायाममा मोटरसाइकलबाट खोलामा यात्रा गर्नसमेत नसकिने उनको भनाई छ । अर्का स्थानीय कुमार थापाले समयमै पुल नबन्दा रुटका सवारी हिड्न गाहे भएको बताए । ‘बर्षाको समयमा एकातर्फबाट नागरिक आउने र अर्को तर्फबाट सवारी जानुपर्ने बाध्यता छ ।’ उनले भने, ‘निर्माण र पूर्वाधार विकास कार्यालय लाचार बन्दा हामीले सास्ती खेप्नुपरेको छ ।’

उक्त पुलबाट मदानेका साथसाथै छिमेकी जिल्ला प्युठान र बाग्लुङ्गका नागरिकले समेत यात्रा गर्दछन् । समयमै पुल बनेको भए अहिलेको समयमा उक्त पुलमाथिबाट सवारी हुँइकिरहेका हुन्थे । तर व्यवसायी र सरकारी निकायको लाचारीपनको कारण काममा ढिलाई हुदैँ आएको छ ।

दुई पटक म्याद थप
सडक पूर्वाधार विकास कार्यालय, गुल्मीमार्फत सुनिल समीर निर्माण सेवा प्रालिले पुल निर्माणको जिम्मा पाएको थियो । निर्माण हुने पुलको लम्बाई ३५ मिटर र चौडाई आठ मिटर रहेको छ । प्रालिले कार्यालयसँग ०७८ पौष १४ मा निर्माण सक्नेगरी ०७७ पौष १६ गते तीन करोड ४८ लाखमा कामको सम्झौता गरेको थियो ।

समयमा काम नसकिएपछि पहिलोपटक ०७९ वैशाख १६ गतेसम्म काम सक्नेगरी सम्झौता भयो । उक्त मितिमा पनि काम नसकिएपछि दोस्रोपटक ०८० असार ३० गतेसम्म काम सक्नेगरी म्याद थप भयो । तर दोस्रो पटक थपिएको मितिमा पनि काम सम्पन्न हुन सकेन । कार्यालय प्रमुख शचितानन्द चौधरीका अनुसार आगामी दुई महिनामा निर्माण सम्पन्न हुनेगरी निर्माण व्यवसायीले प्रतिवद्धता आएको छ । सुरुको बर्ष कोरोनाले गर्दा म्याद थप गरिएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा