रुपन्देहीको ढुण्डी थरुनी भलिवल कपमा गुल्मी सेमिफाइनलमा प्रवेश

गुल्मी । 

रुपन्देहीको दुधराक्ष युवाक्लको आयोजनामा जारी ढुण्डी थरुनी कप अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगितामा गुल्मी सेमीफाइनलमा प्रवेश गरेको छ । गुल्मी र रुपन्देहीबिचको प्रतिस्प्रर्धामा गुल्मी सेमिफाइनलमा प्रवेश गरेको हो । गुल्मीले तीन र रुपन्देहीले २ सेट जितेको थियो ।

बिजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप–बिजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष किरण पोख्रलेले जानकारी र्दिए ।

प्रतियोगीतामा प्रतिस्प्रर्धाको लागि जिल्ला भलिवल संघ गुल्मीले चिरन खड्का,बिसन नेपाली, हेमन राना, सागर रसौली, राजन विक, लेसमन राहादी बविन थापा, सौरब सारु, बिशाल सुनार, रजन त्रामु, सुदिप सुनार र सौरभ फुंजेली सहभागी भएको जिल्ला भलिवल संघका महासचिव नारायण आचार्यले जानकारी दिए । त्यस्तै मुख्य प्रशिक्षकमा राजन कुवंर, सहायक प्रशिक्षक सन्तोष पुन तथा टिम व्यावस्थापकमा दिपेन्द्र श्रेष्ठ रहेको आचार्यले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा