गुल्मी ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ संचालन भइरहेको माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत गुल्मीका तीन पालिकामा स्कूलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबार धुर्कोट र चन्द्रकोट तथा आइतबार मालिका गाउँपालिकामा स्कूलिङ कार्यक्रम सम्पन्न गरिएको हो । धुर्कोट र मालिकामा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, प्रदेशको स्कूलिङ विभाग प्रमुख जगप्रसाद शर्मा ‘अपार’ केन्द्रीय कमिटी सदस्य नारायण प्रसाद अधिकारी, ज्ञान कुमार बुढा ‘अर्जुन’ लगायतले प्रशिक्षण दिएका थिए ।
चन्द्रकोटमा पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महरा, केन्द्रीय सदस्य कमल चुँदाली, जिल्ला संयोजक युवराज केसी र जिल्ला सचिव अशोक थापाले प्रशिक्षण दिएका दिए । माओवादी केन्द्रले आधारभूत माक्र्सवादी सिद्धान्तका बारेमा कार्यक्रताहरुलाई स्कूलिङ दिएको जिल्ला संयोजक केसीले जानकारी दिए । भोली सोमबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, तम्घास र कालिगण्डकी गाउँपालिकामा स्कूलिङ कार्यक्रमको आयोजना गरेको छ ।