गजल: नभन्नु

✍️सम्झना गिरी

छुनु छ चन्द्रमा क्षितिजमा विलायाे नभन्नु

यात्री हुँ सफरकाे पैताला चिलायाे नभन्नु

माेतीकाे तिर्सना मेटिन्न शीतकाे थाेपाले

राेप्दैछु पसिना माटोमा मिलायाे नभन्नु

दिनेले पाँउछ थाहा छ त्यो पनि मलाई

लगानी गर्दैछु सर्पलाई पिलायाे नभन्नु

सिक्दैछु पाैडिन पारिकाे किनारा छुनु छ

उधार्न नजान्दा च्यातेर सिलायाे नभन्नु

चिम्लेर हाेइन खाेल्दैछु कर्मका परेली

ताराको देशमा सपना दिलायाे नभन्नु

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा