spot_imgspot_img

मदानेेमा आँखा शिविर सम्पन्न

बासुदेव पाेखरेल, गुल्मी

मदाने आँखा उपचार केन्द्रको आयोजनामा मदाने गाउँपालिका वार्ड नम्बर २ को बाझँकटेरी स्वास्थ्य चौकीमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।बाझँकटेरी स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत मदाने आँखा उपचार केन्द्रको आयोजना तथा बाझँकटेरी स्वास्थ चौकी र बाझँकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर संचालन गरिएको बाझँकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभयो ।उक्त एक दिने आँखा शिविरमा १४७ जनाको निशुल्क आँखा जाँच गरिएको थियो । जसमा १०२ बर्सिय कुवारी सुनारको समेत आँखा उपचार गरिएको थियो ।बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा तेह्र हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरेको थियो ।यस्तै उक्त आँखा शिविरमा १० जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएकाले उनीहरुको थप उपचारका लागी मदाने गाउँपालिका वार्ड नम्बर ६ मा अवस्थित मदाने आँखा उपचार केन्द्रमा पठाइएको र त्यहाँ उनीहरुको निशुल्क अप्रेसन हुने समेत बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा