धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न

बासुदेव पोखरेल, गुल्मी
धुर्काेट गाउँपालिकाको आर्थिक बर्ष २०८०÷८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विषयगत शाखा तथा वडाहरूले प्रथम चौमासिकमा सम्पादन गरेका कार्यहरूको विवरण पेश गरेका थिए । कार्यक्रममा शाखा तथा वडाले गरेका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा कार्य सम्पादन थप व्यवस्थित गर्न जोड दिइएको थियोे । समिक्षा कार्यक्रममा सम्पूर्ण वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सीता गिरि, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी तथा सम्पूर्ण वडाका वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रम पालिकाका सूचना अधिकारी खड्क बहादुर थापा र कर्मचारी राजु पछाईको सञ्चालनमा सम्पन्न भएको थियोे । साथै कार्यक्रमकै अवसर पारेर सेवा निबृत्त हुनु भएका निवर्तमान पशु शाखा प्रमुख श्याम बहादुर कार्किलाई पनि दोसल्ला र सम्मान पत्रले बिदाई गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा