जनहित कफी सहकारीको साधारण सभा सम्पन्न

बासुदेव पाेखरेेल, गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकमा रहेको जनहित कफी उत्पादक सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जैसिथाेकको किटेनी चौरमा सम्पन सभामा वडाध्यक्ष वीर बहादुर जाेगी कुँवरकाे प्रमुख आतिथ्यता, वडासदस्य चुरा बहादुर थापा, माधव पाेखरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूकाे आतिथ्यता रहेको थियाे । कार्यक्रम संस्थाकम अध्यक्ष शिवलाल पाेखरेलकाे अध्यक्षता, उपाध्यक्ष पूर्ण प्रसाद पाेखरेलकाे स्वागत मन्तव्य तथा लेखा समिति सदस्य केशव पाेखरेलकाे संचालनमा सम्पन्न भएको थियाे । कार्यक्रममा संस्थाका अध्यक्ष शिवलाल पाेखरेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक रूद्रमणी पाेखरेलले ८८ लाख ९८ हजार १२ रूपैयाँकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा