गुल्मीमा खानेपानी आयोजना समितिका पदाधिकारीलाई अभिमुखिकरण

टोपलाल अर्याल, गुल्मी 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीको आयोजनामा खानेपानी आयोजना समितिका पदाधिकारीलाई अभिमुखिकरण सुरु भएको छ । कार्यालयले तीन दिनसम्म जिल्लाका १२ वटै पालिकाका खानेपानी आयोजना समितिहरुलाई अभिमुखिकरण गर्ने योजना बनाएको छ । समितिका पदाधिकारीहरुलाई सरकारको नीति तथा उपभोक्ता समितिका जिम्मेवारीहरु, सरकारको एक घर एक धारा नीति, जनश्रमदान र जनसहभागिता, मर्मत संभार कोष, उपभोकता समितिको छाप, सम्झौता गर्नको लागी उपभोक्ता समितिले पेश गर्नु पर्ने आवश्यक कागजातहरु, बैंकमा खाता खोल्नको लागी अपनाउनु पर्ने प्रकियाहरु लगायतका बारेमा जानकारी गराइएको थियो ।

त्यस्तै संस्था दर्ता, प्यान दर्ता, खानेपानी तथा सरसफाइ डिभिजनबाट हुने आयोजना निर्माण प्रकिया, लिफ्ट खानेपानी आयोजनामा बिधुतीकरणको लागि र लिफ्ट खानेपानी आयोजनाहरुमा बिधुत मिटर जडानको लागि अपनाउनु पर्ने प्रकियाहरु, एलटी लाइन जडान र बिधुत मिटर जडानको भुक्तानी प्रकियाहरु भुक्तानीको लागी उपभोक्ता समितिले पेश गर्नु पर्ने कागजातहरुहरुको बिषयमा पनि कार्यालयले अभिमुखिकरण गरेको छ । यस्तै जिन्सी अभिलेख, आयोजना हस्तान्तरण, पानी महसुल निर्धारण, आयोजना संचालन ब्यवस्थापन, रेकर्ड ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, गुनासो, ब्लिचिङ्ग पाउडरको प्रयोगका बारेमा समेत जानकारी गराइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिनियर अनोज उपाध्यायले जानकारी दिए ।

योजनाका सवै बिषयमा उपाध्याय आफैले अभिमुखिकरण गरेका थिए । कार्यक्रमको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गरेका थिए । पहिलो दिन रुरु क्षेत्र, छत्रकोट, रेसुंगा र मुसिकोट नगरपालिकाका खानेपानी आयोजनाका पदाधिकारीलाई अभिमुखीकरण गरिएको थियो । जलकुने श्रृङ्गा लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मुसिकोट नगरपालिका २ का सचीव महेन्द्र घिमिरेले अभिमुखिकरण निकै फलदायी भएको प्रतिक्रिया दिए । उनले योजना निर्माण अगावै समितिले सवै जानकारी प्राप्त गरेकाले अभिमुखिकरणपछि योजनाको गुणस्तर, संरक्षण र क्षतिको जोमिख न्यूनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पुस ३ गते इस्मा, मालिका, मदाने, धुर्कोट र गुल्मी दरवारका खानेपानी आयोजनाका पदाधिकारीलाई अभिमुखीकरण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका अधिकृत माधव प्रसाद पाण्डेयले जानकारी दिए । यस आर्थिक बर्षको बार्षिक कार्यक्रममा समावेश आयोजना १ सय ७१ वटा रहेका छन् ।

जसमा सघन खानेपानी विकास कार्यक्रम अन्तर्गतका आयोजना १०५, खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रम र खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा श्रोत संरक्षण कार्यक्रम ६ वटा, उच्च प्रविधियुक्त केन्द्रिय खानेपानी कार्यक्रम अन्तर्गतका ३१ वटा, खानेपानी खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रमका १९ वटा र मर्मत संम्भार गर्नुपर्ने योजना संख्या १० वटा रहेका छन् । संचालनमा रहेका आयोजनाका पदाधिकारीलाई अभिमुखिकरण गरिएको पाण्डेयले बताए । कार्यालयको कुल पुँजिगत बजेट २३ करोड ३९ लाख १७ हजार रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा