निशेष श्रेष्ठ
माानव सभ्यतामा पलायन एक समान्य प्रक्रिया हो । मानिसहरु अवसर, आर्थिक अवस्था, खाद्यान्नको अभाव, शिक्षा, स्वास्थ्य, युद्ध तथा विविध कारणहरुले गर्दा पलायन हुन्छन । नेपालमा केहि सालको अन्तरालमा १८ लाख नेपालीहरु रोजगारी र शिक्षाका लागि विभिन्न मुलुकहरुमा पुगेका छन् । त्यस बाहेक हाम्रो छिमेकी देश भारतमा मात्र लाखौ नेपालीहरु श्रम बेचिरहेका छन् । नेपालको ८० लाख भन्दा बढी नागरिकहरु रोजगारी वा विभिन्न अवसरको खोजीमा मुलुक बाहिर छन् । नेपालीहरु परापुर्व कालदेखि नै अवसरको खोजीमा पलायन हुदै आएका छन् । जस्तै ब्रिटिश लाहुरे, भारतीय लाहुरे, म्यानमार सम्मै नेपाली समाजहरु छन् । रोजगारीको अवसर नहुनु, भ्रस्टाचार, नातावाद कृपावाद, सीप र योग्यता अनुसार कामको अवसर नपाउनु जस्ता कारणले धेरै यूवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
पछिल्लो समय युवाहरुमा ‘नेपालमा केही हुँदैन ।’ भन्ने भाष्य जबरजस्ती निर्माण भएको छ । जसको कारण युवा जनशक्तिसँगै प्रतिभा पलायन द्यचबष्ल म्चबष्ल पनि भइरहेकोे छ । यसको असर हाम्रो अर्थतन्त्रमा नराम्रोसँग परेको छ । एकातर्फ होटल व्यवसाय, व्यापारी तथा उद्यमीहरुलाई सिपालु कामदारको अभाव छ भने अर्कोतर्फ युवाहरुले रोजगारी नपाएको स्थिति छ । उद्यमीहरुले दक्ष जनशक्ति नपाएर व्यवसाय नै धरापमा परेको गुनासो गरेका छन् ।
नेपालमा दक्ष कामदारहरु उत्पादन गर्नको लागि आवश्यक दक्ष प्रशिक्षकहरुको पनि कमि भएको पाइन्छ । प्रतिभा पलायनका कारण अहिले समाजमा बालश्रम फस्टाएको कुरा त होटल व्यवसाय, उद्योग, निर्माण र विभिन्न व्यवसायहरुमा विपन्न तथा गरिब परिवारका बालबालिकाहरुको प्रयोगले झनै स्पष्ट पार्छ ।
युवाहरु विदेश पलायन हुँदा देशको पुँजी पनि सँगै पलायन भइरहेको छ । जसको असर देशका ठुला ठुला शहरहरुमा समेत प्रष्टसँगै परेको छ । बजार विस्तारै सुक्दै गएका छन् । व्यापार कमै मात्रामा छ । अर्थात बजारमा पुँजीको कमै मात्र प्रयोग भएको छ । यसका अतिरिक्त वैदेशिक रोजगारीमा जाँदा हुने पुँजीगत खर्चको कुनै हिसाब छैन । हजारौ युवाहरु ऋण खोजेरै वैदेशिक रोजगारीमा जाँदा अरबौ रकम बाहिरिएको छ । यसले आर्थिक बृद्धिमा संकुचन ल्याउनुका साथै नयाँ व्यवसाय र रोजगार मुलक कार्यक्रमहरु घटाएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा मात्रै २०७२ सालमा एक हजार सात सयको हाराहारीमा व्यवसाय भएकोमा अहिले घटेर एक हजार ३५० मा झरेको तथ्याङ्कले देखाउछ । अन्य पालिकाहरुको अवस्था पनि उस्तै छ ।
युवा पलायनका कारण स्थानीय उत्पादन घटिरहेको छ । उदाहरणका लागि कूनै समय गुल्मीको इस्मा, धुर्कोट, मालिका लगायतका ठाउँहरुबाट उत्पादित कृषि जन्य सामग्री तम्घास बजारमा खरिद बिक्रि गरिन्थ्यो । तर अहिले अहिले दैनिक उपभोग्य सामग्री पनि बुटवल तथा तराईका शहरबाट गाउँगाउँ पठाइन्छ्र । गुल्मीमा मात्रै हजारौ हेक्टर कृषि जन्य जमिनहरुमा आशिंक खेती गरिन्छ भने वर्षको धेरै जस्तो समय ती जमिनहरु बाझो रहन्छन् । कृषि, जंगल, खोला तथा पर्यटन उत्पादनको प्रचुर सम्भावना हुँदाहुदैँ पनि हामी पछि परेका छौ । अर्को भाषामा, हामी सुनको कटौरा थापेर भिक मागिरहेका छौ । स्थानीय उत्पादनमा हस आउनुको सिधा असर स्थानीय अर्थतन्त्रमा परेको छ ।
यूवा पलायनको नकारात्मक असर शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ्र । पलायनले गर्दा स्थानीय बिद्यालयमा दक्ष र गुणस्तरीय शिक्षकहरुको अभाव देखिएको छ्र । विद्यार्थीहरुको मनोबल घटेको छ । जति उच्च शिक्षा हाँसिल गरेपनि अन्तिममा विदेश नै जानुपर्ने रहेछ भन्ने मनोवृत्ति विकास भएको छ । जसको फलस्वरुप धेरै विद्यार्थीहरु अवसर पाएर वा नपाएर विदेश गइरहेका छन् ।
त्यसैले अहिले हाम्रो शैक्षिक गुणस्तर खस्किएको छ । सरकारी विद्यालयमा निम्न वर्गका जनताले उच्च शिक्षा प्राप्त गर्दैनन र बालश्रममा पनि यही वर्गले ठुलो हिस्सा लिएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पनि अहिले दक्ष जनशक्तिको अभाव छ । विशेषज्ञता हाँसिल गरेका डाक्टरहरु, नर्स लगायतका जनशक्ति अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता विकसित मुलुकहरुमा पुगेका छन् । तर हाम्रा स्थानीय अस्पतालले डाक्टरको समस्या खेपेका छन् । जसले गर्दा उपचार झनै महङ्गो भएको छ । स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप अत्याधिक हुँदा नागरिक निराश भएका छन् ।
विकासन्मुख राष्ट्रहरुमा यूवा पलायनपछि भ्रस्टाचार बढिरहेको छ्र । युरोप, न्युजिल्यान्ड जस्ता कतिपय देशहरुमा यूवाहरुले सरकार चलाइरहेका छन् । कुनै पनि सरकारका गलत नीति तथा कार्यक्रमहरु बिरुद्ध बोल्न र बिरोध गर्न यूवा शक्तिको ठूलो भूमिका हुने गर्दछ्र । हाम्रै संसदमा पनि सरकारलाई धेरै प्रश्न गर्नेहरु पनि यूवाहरु नै छन् । तर अहिलेको पलायनको अवस्थामा विदेश जान देखि काममा पुग्दासम्मै भ्रस्टाचार सहनुपर्ने अवस्था छ्र । नातावाद, कृपावाद र आफ्नैलाई मात्र पोस्ने प्रवित्तीले यूवाहरुले अवसर नपाउने र पलायन हुने गरेका छन् ।
स्थानीय सरकारको पनि यूवाहरु प्रतिको व्यवहार रुखो रहेको छ्र । यूवाहरुको स्थिर उन्नतिका लागि चाहिने भौतिक पूर्वाधार जस्तै खेल मैदान, अनुसन्धान केन्द्र, मिलन केन्द्र तथा काउन्सेलिंग सेन्टर निर्माण तथा विकासमा न्यून बजेट छुट्टाएको पाइन्छ । यूवाहरुलाई व्यवसायीक तालिम, स्थानीय स्रोत सम्बन्धि तालिम, व्यवसाय संचालन गर्न चाहिने पूंजी÷ऋण तथा औजार र मसिनेरी सामान उपलब्ध गराउन सहयोग गर्नुको साटो बजेट अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ्र । युवाप्रतिको सरकारहरुको उदासीनताले पनि धेरै यूवाहरु पलायन भएका छन ।
युवाहरुको पलायनले हाम्रो समाज सामाजिक विघटनतर्फ उन्मुख भएको छ । गाउँ रित्तिदैँ गएका छन् । पुस्तौदेखि चलिआएका रीति, सँस्कृति लोप हुदैँ गएका छन् । मानिसहरु बसार्यसराई गरेका छन् ।
केहि दिनअघि आएको एक रिपोर्ट अनुसार हाम्रो देशमा १० लाख हेक्टर खेती योग्य जमिन बाँझो भएको छ ।्र हामीले खाने देखि लगाउनेसम्म सबै आयात गर्नु परेको छ्र । हाम्रो देशलाई रेमिटान्सले धानिरहेको छ र दिन प्रतिदिन महंगी बढिरहेको छ्र । यूवा पलायनले गर्दा अब आउने धेरै बालबालिकाहरु अभिभावक विहिन हुर्किने छन । यसले बालबालिकाहरुको मानसिक विकासमा ठूलो नकारात्मक असर पर्नेछ्र । बालबालिकाको भौतिक इच्छा त पूरा होलान तर मानसिक विकासको लागि अभिभावकको भूमिका पूरा हुदैन । यूवा पलायनले हाम्रो समाजमा बिकृति पनि बढेको छ । यसको एउटा उदाहरण बढ्दो सम्बन्ध बिच्छेद हो । यस्तै विविध करणले गर्दा समाजहरु विघटनतर्फ जाने खतरा बढेको छ्र ।
बढ्दो युवा पलायनलाई नियन्त्रण गर्नका लागि सरकार देखि निजी क्षेत्रले ठूलो भूमिका खेल्नु आवश्यक छ । ‘यूवा अघि सर्छ बल्ल देश अघि बढ्छ’ भन्ने नारा केन्द्र तथा स्थानीय सरकारहरुको नीति तथा कानुनहरुमा झल्किने गरी बनाउन पर्छ्र । सरकार तथा निजी क्षेत्रले यूवाहरुलाई कृषि, स्वास्थ्य र शिक्षामा समान अवसर सिर्जना गर्नुपर्छ्र ।
सहुलियत ऋण, औजार तथा मसिनेरीमा अनुदान, तालिम केन्द्रहरुको व्यवस्था जस्ता पुर्वाधार विकासमा ठूलो बजेट बिनियोजन गर्नुपर्छ । यूवाहरुलाई पेशासम्बन्धि जनचेतना, विभिन्न ज्ञान केन्द्रहरुको सुविधा, अनुसन्धान केन्द्रहरु उपलब्ध गराउन सके धेरै हदसम्म पलायन रोकन सकिन्छ्र । स्थानीय स्तरमै रोजगारी सृजना गर्न सके देशको मुहार फेरिन समय लाग्दैन ।
लेखक श्रेष्ठ युवा व्यवसायी हुन् ।