गजल :नारी नपाउला भाेली

सम्झना गिरी

यसैगरी घर बन्दै गए साग खाने वारि नपाउला भाेली
मान्छे मर्दा चिहान राख्ने जङ्गल घारी नपाउला भाेली

तिघ्रा देखाउदै स्कट कट्टुफेसनमा रमाउने भए
पुरै शरीर केले ढाक्छाैँ गुन्यचाेली सारी नपाउला भाेली

छाेराका आशामा जन्मेका छाेरीलाई अप्रेसन गर्दै फाले
त्यही छाेराका लागि भित्र्याउनु पर्दा बुहारी नपाउला भाेली

महिला बिना जिन्दगी मात्र हैन घर नै रितिन्छ बुज्नुहाेस
घरको सान आमा दिदी बैनी भन्न नारी नपाउला भाेली

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा