गुल्मीको छत्रकोटमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आउने

हुमाकान्त पोखरेल, गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आउने भएको छ । लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीद्धारा यही पौष १४ गतेबाट ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि’ नामको अस्पताल संचालनमा आउन लागेको हो । आज सोमबार पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले दैनिक एक जना एम.डि.जि.पी. डाक्टरसहित तीनजना विशेषज्ञ डाक्टरले सेवा दिनेगरी अस्पताल संचालन गर्न थालेको जानकारी दिएको हो ।

अस्पताल संचालनमा आएपछि २४ सै घण्टा आकस्मिक सेवा, अन्तरंग सेवा, भिडियो एक्सरे, इसिजी र प्रयोगशाला सेवा उपलब्ध गराउने अस्पताल संचालक समिति अध्यक्ष सरोज पाण्डेले जानकारी दिए । त्यसैगरी अस्पतालमा शनिबार बाहेक दैनिक ओपिडी सेवा सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको कुल लागत हालसम्म सात करोड लागेको छ भने विभिन्न मेसिनरी सामग्रीको समेत व्यवस्थापन गर्दा १० करोडसम्म खर्च हुने अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए ।


१४ गते अस्पतालले उद्घाटन समारोहको समेत आयोजना गरेको छ । अस्पताल आसपासका अध्यक्षहरुबाट उद्घाटन गरिने अस्पतालमा सोही दिन विशेषज्ञ शिविरको पनि आयोजना गरिएको छ । शिविरमा हाडजोर्नी तथा नाशारोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, पेट तथा छाती रोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ र मनोरोग विशेषज्ञद्धारा सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक नारायण अर्यालले जानकारी दिए । उद्घाटनको दिन बिरामीहरुलाई नाम दर्ता र डाक्टरको सेवा निःशुल्क गराइएको छ ।

प्रयोगशाला ल्याव, एक्सरे, इसिजी र भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने औषधीमा पनि १० प्रतिशत छुट मिलाइएको अर्यालले जानकारी दिए । अस्पतालबाट गुल्मीको छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र, अर्घाखाँचीको छत्रदेव, पाणिनी, पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी छ पालिकाका एक लाखभन्दा बढी जनसंख्या लाभाम्बित हुने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा