spot_imgspot_img

फोर्टिन स्टार कप ः आज चार खेल सम्पन्न (हेर्नुहोस् बृस्तितमा)

गुल्मी ।
फोर्टिन स्टार युवा क्लवको आयोजनामा गुल्मी सदरमुकाम तम्घासमा संचालन भइरहेको माध्यमिक विद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिता ‘चौथो फोर्टिन स्टार कप–२०८०’ अन्तरगत आज सोमबार समुह चरण अन्तरगतको एक र प्री क्वाटरफाइनलतर्फका तीन गरी चार खेल सम्पन्न भएका छन् । समुहचरणतर्फ आदर्श विद्या आश्रम र भगवती माविबीचको खेलमा आदर्श विद्या आश्रमले जित हात पारेको छ । प्री क्वाटरफाइनलतर्फको खेलमा जनसहयोग माविलाई हराउँदै अर्जै माविले जित हात पारेको छ ।

भाडगाउँ माविलाई हराउँदै रिडर्स पब्लिक हाइ स्कूल तथा गण्डकी इङ्गिस बोर्डिङ्ग स्कूललाई हराउँदै महेन्द्र नमुना माविले जिते हात पारेको आयोजक फोर्टिन स्टार युवा क्लवका महासचिव  नारायण आचार्यले जानकारी दिए । भोली मंगलबार प्री क्वाटरफाइनलतर्फका चार खेल सम्पन्न हुँदैछन् । जसमा पहिलो खेल रिडर्स पब्लिक स्कूल र अर्जुन इङ्गिस बोर्डिङ्ग स्कूलबीच हुनेछ ।

दोस्रो खेल मालिका मावि र महेन्द्र माविबीच, तेस्रो खेल अर्जै मावि र पालुखा माविबीच एवं सिद्धबाबा मावि र आदर्श विद्या आश्रमबीच हुने महासचिव आचार्यले जानकारी दिए । खेल बिहान आठ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा कुल १९ विद्यालय सहभागि थिए । प्रतियोगितामा प्रथम हुनेले नगद ३५ हजार र द्धितिय हुनेले नगद २५ हजारका साथै शिल्ड, मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा