चन्द्रकोटमा अनेमसंघ (क्रान्तिकारी) र दलित मुक्ती मोर्चाको भेला सम्पन्न

गुल्मी ।

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र नेपाल दलित मुक्ती मोर्चा चन्द्रकोट गाउँपालिकाको भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले शुशिला पुनको अध्यक्षतामा ४९ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) चन्द्रकोट गाउँकमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णुमाया सापकोटा, शन्तु खत्री र निमा थापा, सचिवमा शित्तला बस्याल, कोषाध्यक्षमा राधिका खरेल लगायतका अन्य सदस्यहरु रहेका छन् ।

त्यसैगरी कुमार सार्कीको अध्यक्षतामा ४९ सदस्यीय नेपाल दलित मुक्ती मोर्चाको गठन गरिएको छ । जसको सचिवमा डिल बहादुर विक लगायतका अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीले नै महिला र दलितको अधिकारको सुनिश्चितता गर्ने दाबी गरे ।

माओवादीले सुरु गरेको १० बर्षे युद्धपश्चात मुलुकमा महिला, दलित लगायतका लक्षित वर्गको लागि सरकारी जागिरमा पनि कोटा छुट्टिन लागेको जानकारी गराए । कार्यक्रममा माओवादी केन्द्रका विभिन्न पदमा कार्यरत नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा