फोर्टिन स्टार कप ः मंगलबार क्वाटरफाइनलका चार खेल सम्पन्न

हुमाकान्त पोखरेल, गुल्मी ।
फोर्टिन स्टार युवा क्लवको आयोजनामा गुल्मी सदरमुकाम तम्घासमा संचालन भइरहेको कक्षा १० सम्मको माध्यमिक विद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिता ‘चौथो फोर्टिन स्टार कप–२०८०’ अन्तरगत आज मंगलबार क्वाटरफाइनलतर्फका चार खेल सम्पन्न भएका छन् । आज भएको खेलमा रिडर्स पब्लिक हाई स्कूलले अर्जुन आवासीय माविलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी महेन्द्र माविले मालिका माविलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

पालुखा मावि र अर्जै माविबीच भएको खेलमा निर्धारित समयमा कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटाम परिणत भएको थियो । जसमा अर्जै माविले जित हात पारेको छ । त्यस्तै सिद्धबाबा मावि र आदर्श विद्या आश्रमबीच भएको खेलमा निर्धारित समयमा दुवै विद्यालयले दुई÷दुई गोल हानेका थिए । त्यसपछि पेनाल्टी सुट आउटमा आदर्श विद्या आश्रम विजयी भएको आयोजक फोर्टिन स्टार युवा क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए । कार्यक्रममा विभिन्न खेलमा म्यान अफ द म्याच लगायतका विभिन्न विधाका पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागिता जनाई विभिन्न चरणबाट बाहिरिने समुहलाई आयोजकले मायाको चिनो समेत प्रदान गरेको छ । खेल हेर्नको लागि जिल्लाका विभिन्न स्थानबाट खेलप्रेमीहरु तम्घास आएका छन् । भोली बुधबार हुने सेमिफाइनलको पहिलो खेलमा रिडर्स पब्लिक हाइ स्कूल र महेन्द्र मावि भिड्नेछन् ।

त्यस्तै सेमिफाइनलको दोस्रो खेल अर्जै मावि र आदर्श विद्या आश्रमबीच हुनेछ । खेल बिहान ११ बजेबाट चिदिचौर खेल मैदानमा सुरु हुने महासचिव आचार्यले जानकारी दिए । फाइनल खेल पौष १२ गते बिहीबार चिदिचौरमै सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ३५ हजार र द्धितिय हुनेले नगद २५ हजारका साथै शिल्ड, मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा