अर्जै माविले जित्यो फोर्टिन स्टार कपको उपाधी

हुमाकान्त पोखरेल
गुल्मी, १२ पौष ः गुल्मीमा पौष ७ गतेदेखि संचालन भइरहेको ‘चौथो फोर्टिन स्टार कप –२०८०’ को उपाधी मालिका गाउँपालिका–०६ को अर्जै माध्यमिक विद्यालयले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा महेन्द्र माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जै माविले उपाधी जितेको हो । निर्धारित ९० मिनेटमा कुनै पनि विद्यालयले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा परिणत भएको थियो ।

विगत तीन बर्षको विजेता समेत रहेको रेसुङ्गा नगरपालिका–०१ को महेन्द्र मावि यसपटक उप–विजेतामा खुम्चिएको छ । विजेता अर्जै माविले नगद ३५ हजारका साथै ट्रफी, मेडल प्रमाण–पत्र प्राप्त गरेको छ भने महेन्द्र माविले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । विजेता र उप–विजेतालाई कार्यक्रमका मुख्य प्रायोजक समेत रहेको रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवी कुँवरले पुरस्कार प्रदान गरिन् ।

पुरस्कार प्रदान गर्दै उनले जिल्लामा आयोजना गरिने यस्ता प्रतियोगिताले गाउँका वास्तविक खेलाडीको पहिचान हुने बताइन् । प्रतियोगितामा कुल १९ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यान अफ द म्याच लगायतका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिएको आयोजक फोर्टिन स्टार युवा क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा