बासुदेव पोखरेल
गुल्मी, १७ पौष ।
धुर्कोट गाउँ पालिका वडा नम्बर ४ जैसिथोकमा ८२ वर्ष माथीका ३१ जेष्ठ नागरिकलाई लौरो र रेडियो वितरण कार्यक्रम सम्पन्न भएको भछ । धुर्कोट गाउँ पालिका वडा नम्बर ४ वडा अध्यक्ष वीर बहादुर कुवर को अध्यक्षता धुर्कोट गाउँ पालिका अध्यक्ष भुपाल पोखरेल को प्रमुख आथितेता कार्यपालीका सदस्य धन बहादुर बिक गोमिता नेपाली वडा सदस्य हरु तारा खनाल चुरा बहादुर थाला माधव पोखरेल लगाएतको आथित्यता रहेको थियो ।
कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्षा तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोखरेलले वृद अवस्थामा एक्लै बसेको बेला मनोरन्जन ज्ञानका कुरा सुन्नका लागी रेडियो सेट वितरण गरिएकको बताउनु भयो । गाउँपालीका वृदहरुको लागी साहारा दिन्छ भन्ने स्वरुप रेडियो सेट र लौरो वितरण गरिएको बताउनु भयो । रेडियो सेट र लौरो पाए पछि जेष्ठ नागरिक पनि खुसि देखिएका थिए । उनिहरुले पालीकाले आफुहरुलाई सम्मान गरेको बताए वडा सचिव असोक खनालको संन्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।