भनेकै त थियनी यात्रा लामो छ भनी
दुई कदम नचाल्दै विश्राम लिन्छौं किन?
हिम्मत गर न गन्तव्य भेट्न थाेरै छ
एउटा सपना मर्दैमा कारागारको कैदी बन्छाै कि?
सगरमाथामा पनि त जमिनबाट सुरु हुन्छ नि
चड्ने आट गर न बेसक्याम्प बाटै फर्किन्छाै किन?
खहरे खाेला पनि समुन्द्रमा पुग्छ एक दिन
रहरहरू जिबित छदै बन्धकीमा राख्छौं किन?
मूर्ति सजिलै मन्दिरमा पुगेको त हैन हाेला नि
सहनशीलता सफलताको प्रतीक हाे छिट्टै डग्मगाउदैं किन?
✍️सम्झना गिरी