सन्तोष : दयाभन्दा अवसरको खोजिमा

टोपलाल अर्याल
गुल्मी, २१ पुस
मैदानमा सन्तोषको पीडाभन्दा प्रतिभा देखिन्छ । सन्तोष आफै पनि पीडा सम्झन चाहान्न । तर, लुकेको दर्दनाक पीडाकाबिच खेलमा उत्कृष्टता प्रर्दशन गर्ने सन्तोषको खुवी हो । करेण्ट लागेको सन्तोषलाई याद छैन् । बुवा खीम बहादुर घर्तिले भारतमा इलेक्ट्रिसियनको काम गर्थे । बुबासंगै काम गर्ने ठाउँमा पुगेका सन्तोषलाई अचानक करेण्ट लाग्यो । ०६८ सालमा सन्तोष ५ बर्षका थिए ।

उनी तीन महिना अस्पतालको उपचारपछि मृत्युबाट फर्किए । तर, कर्मशिल हात फर्किएन । संयोग २८ जेठ ०७० सालमा बुबा खीम बहादुर घर्ति पनि स्टेशनकै करेण्ट लागेर ज्यान गुमाए । त्यो बेला कान्छी छोरी आमाको पेटमा थिइन् । बुबा बितेको १५ दिनमा उनी जन्मिइन् । क्रियाकर्म र साना छोराछोरी र सुत्केरी अवस्थाकाबिच सन्तोषकी आमा ४२ बर्षीया चन्द्रकला घर्तिलाई ठुलो संकट प¥यो ।

उनी श्रीमान बितेको सात महिनापछि पुसमा छोराछोरी बोकेर घर फर्किन् । घर आउँदा छुट्टै घर थिएन् । लालाबाला र व्यावस्थापनको दौडमा चन्द्रकलाले कैयौ कष्ट खेपिन । सन्तोषले ३ देखि ६ सम्म गाउँमै बोर्डिङ्ग पढे । कक्षा ७ देखि मालिका माविमा अध्ययन गर्दै आएका छन् । आमाले गाउँकै आँखा अस्पतालमा कार्यालय सहयोगीको काम गर्छिन् । सन्तोष आमाको बुढेशकालको आशा हुन् ।

तीन बहिनीहरुका भरोसा पनि हुन् । उनले खेलमा आफ्नो भविष्य देखेका छन् । उनलाई अर्थोपार्जन र परिवारको संरक्षणको बाध्यताले पनि बिस्तारै च्याप्नेनै छ । तर, कलिलो उमेर भएकाले खेलमै केहि गरौ भन्ने अठोट दरिलो गरेर बोकेका छन् । ‘मैले परिवारको अवस्था राम्रोसंग बुझेको छु । मलाई खेलमा हातको चिन्ता गर्नेहरुभन्दा साथको खाँचो छ,’उनले भने,‘अवसर पाए अझै धेरै राम्रो गर्ने हिम्मत बोकेको छु ।’
खेलमै भविष्य देख्दै
अहिलेपनि कैयौ अपांगता भएका व्यक्ति साङलोमा तड्पिएका छन् । कतिपय परिवारले हेरबिचार नगरेपछि बजारमा बौलाहको सामाजिक उपमा बोकेर हिड्ेका छन् । अपांगता भएका व्यक्तिहरुलाई अझै पनि उपचार र अवसर भन्दा पनि दयाको पात्र ठान्ने नेपाली प्रवृति छ । त्यहि सामाजिक तथा पारिवारीक सोँचका कारण अपांगता भएका व्यक्तिहरु पनि ओछ्यानबाट उठ्न सकिरहेका छैनन् ।

तर, मालिका गाउँपालिका ८ का १७ बर्षीय सन्तोष घर्तिको प्रतिभालाई अपांगताले छेकेन् । दौड र सीपमा उत्कृष्ट छन् । केहि समय पहिले तम्घासको चिदिचौर खेल मैदानमा संचालित फोर्टिन स्टार कप जिल्ला स्तरिय छात्र फुटवल प्रतियोगीतामा सन्तोष कैयौँ दशकको मनमा अटाए । त्यो दयाभन्दा खेलप्रतिको सन्तोषको अब्बलताले हो । मालिका गाउँपालिका ८ को मालिका माविको कक्षा १० मा पदढ्ने सन्तोषको एक हात छैन् । तर, खेल हेर्ने दर्शकलाई कुनै पत्तोनै हुँदैन् । अरु खेलाडीकै दौडमा कुनै फरकपन छैन् । खेलमा हरेक बलको उत्कृष्ट प्रतिरक्षा गर्दा दर्शकको निकै तारिफ पाए । घर्तिले सानैबाट फुटवलमा रुची राख्थे । सन्तोष साँझमा हरेक दिन गाउँमै साथीहरुसंग फुटवल खेल्छन् ।

उनी समुहको कम्जोर पात्र नभएर भरोसा हुन् । कडा परिश्रम र सीपले मात्रै फुटवल खेल सम्भव छ । जोगिन नसके ज्याननै जोखिममा पर्छ । प्रतिस्प्रर्धाकै क्रममा सहकर्मी महेन्द्र खत्री लडेर गम्भिर घाइते भए । तर, पनि सन्तोषको आत्मवल बढिनैरह्यो । ‘खेलमैदानमा पसेपछि उर्जा प्राप्त हुन्छ । कहिल्यै आफुुलाई कम्जोर ठानेको छैन्,’उनले भने,‘खेल्दा इमानदारिता र आफ्नो शरिरको पूर्ण भरोसा छ ।’ गाउँमा सन्तोषलाई कम्जोर सोच्नेहरु नभएका होइनन् । तर, आफ्नो सपना, आत्मवल तथा स्कुल, साथीभाई र परिवारको उर्जाका कारण खेल खेलिरहेका छन् । सन्तोषले हातभन्दा खेल देखाउन चाहान्छन् । जसका कारण गाउँका खेलहरुमा जकेट लगाएर खेले । तर, अहिले एन्फाको नियमका कारण हाफ टिर्सटमा खेले ।

‘मैले दर्शकलाई हातभन्दा खेल देखाउन चाहन्छु । त्यसैले गाउँमा जाकेट लगाएर खेल्थे,’उनले भने,‘जिल्लास्तरीय खेलमा सवैले हात देख्दा अर्कै महसुस भएपनि बिचलित नभएर खेलेँ ।’ उनलाई बिद्यालय तहबाट पनि हौसला राम्रो छ । अहिलेसम्म दुईवटा जिल्लास्तरिय खेलमा सन्तोषले भाग लिए । बिद्यालयलाई एन्फाका रेफ्रीहरु भएकाले सन्तोषको हातको कारणले कतै खेलबाट बाहिरिनु परेर समुहनै कम्जोर बन्ने त होइन भन्ने पनि डर थियो । तर, त्यस्तो भएन सौहार्दतापूर्ण रुपमा मालिका मावि र रिडी माविबिच प्रतिस्प्रर्धा चल्यो । अन्तत रिडी माविलाई पराजित गरेर मालिका माविको सन्तोषहरुको समुह क्वाटर फाइनलमा प्रवेश पायो । खेलमा सन्तोषको विश्वास देखेर आफु पनि प्रभावित भएको मालिका माविका खेल शिक्षक तिर्थ बहादुर शाहीले बताए ।

‘सन्तोषको विश्वास र इमान्दारिताका कारण मैले निरन्तर हौसला दिएको छु । सन्तोष खेल्न र पढ्न दुवैमा राम्रो बिद्यार्थी हो,’उनले भने,‘खेलमा हारजित स्वभाविक र सहभागीता ठुलो कुरा हो ।’ शाहीले उच्चशिक्षासंगै राम्रो क्लवमा खेल्न पाए सन्तोषले राम्रो गर्न सक्ने बताए । संगै फुटवल खेलिरहेका साथी अमित खत्रीले पनि सन्तोषले खेल मैदानमा कहिल्यै आफु कम्जोर नठान्ने प्रतिक्रिया दिए । उनले आफुहरुलाई समेत सन्तोषले उर्जा दिने गरेको अमितले बताए ।
गाउँमा मापदण्ड अनुसारको खेलमैदान, प्रशिक्षक र प्रशिक्षण छैन् । खेलाडीहरु खेतबारी र सडकहरुमा खेल खेल्न बाध्य छन् । तर, पनि सन्तोष जस्ता हिम्मतवाला खेलाडीहरु जन्मिरहेका छन् । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पोर्ट क्लबले छात्रा फुटबल प्रतियोगिता गर्दै आएका छन् । सहरका विद्यालयहरुमा मात्रै केन्द्रित फुटबल खेलको मोह गाउँसम्म विस्तार गर्न क्लबहरूले लामो समयदेखि प्रतियोगिता आयोजना गरिरहेका छन् । जसका कारण सन्तोषको प्रतिभा र अवस्था उजागर भयो । सन्तोष समुह चरणको खेलमा म्यान अफ द म्याच समेत भए । एन्फाका रेफ्री प्रकाश नेवाङ्गले सन्तोषको हिम्मत र खेल देखेर आफुहरु निकै प्रभावित भएको बताए ।

उनले डिफेण्डरको भूमिकामा कहिँकतै नचुकेको र फिल्डमा ठुलो आत्मवलका खेल खेल प्रर्दशन गरेको बताए । ‘म्यान अफ द म्याद दयाले दिने पुरस्कार होइन ।

उनले एउटा हात नहुँदापनि निकै उत्कृष्ट खेल प्रर्दशन गरे,’नेवाङ्गले भने,‘उच्च मनोवल र राम्रो प्रशिक्षण पाए भविष्य उज्जवल देखेका छौ ।’ उनले हिम्मत र सीप भए हात नभएर फुटवलको नियमले केहि नहुने समेत बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा