रेडक्रस वस्तु उप-शाखाकाे साधारण सभा सम्पन्न

बासुदेव पाेखरेल, गुल्मी
नेपाल रेडक्रस साेसाइटी धुर्काेट उपशाखाकाे २८ अाैँ साधारण सभा सम्पन्न भएको छ । धुर्काेट गाउँपालिका -०५ वस्तुमा सम्पन्न सभामा रेडक्रस वस्तुका सभापति लालमणी भण्डारीकाे अध्यक्षता, गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलकाे प्रमुख आतिथ्यता, रेडक्रस जिल्ला उप-सभापति कृष्ण प्रसाद भण्डारी र जिल्लामन्त्री लालबहादुर कुँवरको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धुर्काेट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष केशवराज भण्डारी, वडा नम्बर ६ का अध्यक्ष कृष्ण बहादुर नेपाली लगायतको पनि आतिथ्यता रहेकाे थियाे । कार्यक्रम उप-सभापति सरस्वती भण्डारी गैरेकाे स्वागत मन्तव्य एवं सचिव देवेन्द्र भण्डारीकाे संंचालनमा सम्पन्न भएको थियाे ।

संस्थाका सचिव भण्डारीले रेडक्रसकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने काेषाध्यक्ष ऋषिराम पाण्डेले १८ लाख ३८ हजार ३२० रुपैयाँ ५४ पैसा बराबरको आयव्यय विवरण प्रस्तुत गरेेका थिए । कार्यक्रममा पूर्व सभापतिहरूलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा