राष्ट्रपति रनिङ सिल्डको उपाधी दोस्रो पटक पनि सरस्वती माविलाई

अर्घाखाँची, छ्त्रदेव
यस बर्षको राष्ट्रपति रनिङ सिल्डको उपाधी दोस्रो पटक पनि सरस्वती माध्यमिक विद्यालय सुर्यथुमले जितेको छ । छत्रदेव गाउँपालिकाको आयोजना र सरस्वती माविको सह–आयोजनामा यही पौष १९ देखि २१ गतेसम्म छत्रदेव रंगशालामा छत्रदेव गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको थियो ।

कुल ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा सरस्वती माविले नौ स्वर्ण, चार रजत र चार कास्य सहित प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । प्रतियोगितामा सात ११ रजत र तीन कास्य सहित महेन्द्र बिद्याबोध नेत्रलाल राममणी मावि द्वितीय र छ स्वर्ण, दुई रजत र सात कास्य सहित जनकल्याण मावि भाग लिएका थिए । प्रतियोगितामा छात्र÷छात्रा कबड्डी, भलिबल र एथलेटिक्स गरेर ३० बिधामा प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई र खेलाडीलाई पालिका अध्यक्ष, शिक्षा अधिकृत लगाएतका अतिथिले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । अब यस प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन सन्धिखर्क जाने छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा