गुल्मेली समाज जापानको ५ औ अधिबेशन सम्पन्न

गुल्मी
गुल्मेली समाज जापानको ५ औँ अधिवेशन यहि जनवरी ५ तारिख टोकियोको निप्पोरी स्थित सन्नि हलमा सम्पन्न भएको छ ।५ औँ अधिवेशनले पुनः महेन्द्र अधिकारीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा सुरु भएको बन्द सत्रमा संस्थापक अध्यक्ष बाबुराम भन्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थापक अध्यक्ष बाबुराम भन्डारीको संयोजकत्वमा कुलचन्द्र खरेल र गुणराज सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले विधान- प्रतिवेदन माथी छलफल संगै सन २०२४-२०२६ कार्यकालको लागि नयॉं कार्यसमिति गठन प्रकृया पुरा गरेका थिए । कार्यक्रमको बन्द शत्र सचिव नेत्र पान्डेयको संचालन गरेका थिए । भने सचिव कृष्णबाबु पोख्रेलको स्वागत मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको सभापतित्वमा शुरू भएको खुल्ला सत्रमा नेपाली राजदुतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यसंगै आईसिसि उपाध्यक्ष रोविन शेरचन लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु, समाजसेवि,बौद्धिक व्यक्तित्वहरुका साथै गुल्मेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । खुल्लासत्र सचिव नेत्र पान्डेयको संचालन एवं अर्का सचिव कृष्ण बाबु पोख्रेलको स्वागत मंन्तव्य संगै नेपालका ख्याति प्राप्त कलकारहरूको वेजोड प्रस्तुतिहरु सहित सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिमा कोको ?

समाजको अध्यक्षमा महेन्द्र कुमार अधिकारी, उपाध्यक्षहरूमा पर्शुराम न्यौपाने, कृष्ण बाबु पोख्रेल, कुल बहादुर पोख्रेल, दिपक कंडेल, ईन्द्र थापा, ज्योती केसि र महिला उपाध्यक्षमा लक्ष्मी केसी महर्जन, महासचिवमा नेत्र प्रसाद पान्डेय, सचिवहरूमा दीपेन्द्र केसि, लक्ष्मण बस्नेत, सुदिप सापकोट, महिला सचिव कामना भन्डारी रहेका छन ।

त्यस्तै कोषाध्यक्षमा निसान जिसि (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्कि ,तिलक विष्ट , युवा संयोजक निर्मल शर्मा ढकाल संगै सदस्यहरूमा , होमलाल सापकोटा ,अर्जुन भन्डारी,कृष्ण खरेल,धिरज भन्डारी ,कमल क्ष्रेष्ठ ,ईश्वरी ढकाल ,शिव प्रसाद खरेल ,सरिता भन्डारी,लक्ष्मण भट्टाराई रहेका छन् ।

कार्यक्रममा, नेपालबाट आएका लोकप्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका शान्तारानी परियार संगै पुरुषोत्तम भण्डारी पुर्खे बाको प्रस्तुतिमा सॉंझ संगितमय बनेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा